१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी कैलालीले जनाएको छ ।

प्रहरीको अनुसार मृतक रानाको टाउकामा गम्भीर चोट रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ ।