१६फागुन, रोल्पा । देविस्थान युवा क्लब सुनिलस्मृति–३ मिझिङको दोस्रो अधिवेशन तथा पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

अधिवेशनले क्लबको अध्यक्षमा पुनः दीपेश विष्ट चयन भएका छन् ।

क्लबको वरिष्ठ उपाध्यक्ष डम्बर सुनार, उपाध्यक्ष मिनबहादुर थापा, महासचिव प्रतिभा सुनार, कोषाध्यक्ष ज्योति घर्तीमगर, सचिव तुलसिराम वली, मेखबहादुर विष्ट, सदस्यहरुमा हुकुम घर्तीमगर, मनकुमारी बुढा (विष्ट), रमेश विष्ट र झपेन्द्र परियारलाई चयन गरेको छ ।

नव गठित कार्यसमितिले खेलकुद क्षेत्रको विकास तथा सामाजिक विकृति र विसंगतिको विरुद्ध सँधै आवाज उठाउने महासचिव प्रतिभा सुनार बताइन् ।

याे पनि

देवीस्थान युवा क्लबको दोस्रो अधिवेशन सुरु