१८फागुन,काठमाडौँ । मुम्बई अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

कंगनाविरुद्ध गीतकार जावेद अख्तरले अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए।

यस अघि मुम्बइको अदालतले कंगनालाई मार्च १ सम्म अदालतमा पेस हुन आदेश गरेको थियो।