१८फागुन,काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दिपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

यसअघि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

याे पनि पढ्नुहाेस् :

विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन