२०फागुन,काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाबीच बालुवाटारमा तेस्रो चरणको वार्ता सम्पन्न भएको छ।

सरकार र विप्लव समूहका प्रतिनिधिबीच बिहिबार विहान सम्पन्न वार्ताले तीन बुँदे सहमति समेत गरेको बालुवाटार स्रोतले जनाएको छ।

बालुवाटारमा जारी संवादमा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा, डा। राजन भट्टराई र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने छलफलमा जुटेका छन्।

सरकारी पक्षले प्रधानमन्त्री केपी शर्मा ओली र विप्लप समूहका वार्तामा सहभागी नेताहरूले पार्टी महासचिव नेत्रविक्रम चन्दलाई बुधबारको संवाद बारे बिफ्रिङ गरेपछि तेस्रो चरणको वार्तामा जुटेका हुन्।