२०फागुन,काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमति अनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिलाई अनुमोदन गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

याे पनि पढ्नुहाेस् :

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध हटाउने भएपछि थवाङबासी खुशी

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने