२२फागुन,काठमाडौँ । नेपाली लोकगित संगीतको बजारमा दिनै जसो लोक नयां नयां लोकदोहोरी गितहरु बजारमा आइरहेका छन्।

पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन्।

त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोकदोहोरी कोशेली ‘शितल दिने कर्के नजरमा’ बजारमा आएको छ।

गितको लोकलय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन्।

गीतको निर्माण मिलन फिल्मस्ले गरेको हो। निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन्।

भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगानालगायतको अभिनय रहेको छ।

नेपाली लोकदोहोरी क्षेत्रको आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका ढुंगानाले बताइन्। गित डीएआर मुभिज एंड फिल्मस् प्रालिको आधिकारिक च्यानलमार्फत डिजिटल बजारमा आएको छ।