२३फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आईतबार) कोरोनाविरुद्धको खोप लगाउदैछन्।

प्रधानमन्त्री ओलीले बिहान १० बजे शिक्षण अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउदैछन्।

साथै आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ। सोही उमेर समुहमा परेका प्रधानमन्त्री ओलीले आज खोप लगाउन लागेका हुन्।