२३फागुन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अध्ययनकै क्रममा रहेको बताएका छन्।

उनले फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको बताएका छन्।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको छ, संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ प्रचण्डले भने ।

‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन’, उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो।