२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर छलफल गर्न नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक शुरू भएको छ ।

तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ ।

यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए ।