२६फागुन, रोल्पा । सुनछहरी गाउँपालिकामा व्यवसाय सचेतना तथा लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी १० दिने तालिम सुरु भएको छ ।

गरिबी निवाणका लागि लद्यु उद्यम विकास कार्यक्रम (नेड्पा) अन्तर्गत सुनछहरी गाउँपालिका १ सेरममा सुरु भएको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोग एंव सुनछहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष पवित्रा घर्तीमगरले गरेकी हुन् ।

तालिममा २८ जनाले सहभागिता जनाएका छन् । तालिममा व्यवसाय सञ्चालन सम्बन्धी जानकारी गराईने प्रशिक्षक पूर्णबहादुर पुनले बताए ।