२७ फागुन, राेल्पा ।  रोल्पामा नेकपा एमालेको पार्टी कार्यालय स्थापना भएको छ। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि लिबाङस्थित नेकपा कार्यालयमा एमालेको बोर्ड राखिएको हाे।

एमाले रोल्पाका नेता–कार्यकर्ताहरुको सहभागीतामा साविक नेकपा कार्यालय रहेको भवनमा एमालेका नेताहरुले बोर्ड राखेपछि उद्घाटन गरेका हुन्।

सर्वोच्च अदालतको फैसलापछि पार्टी कार्यालय स्थापना गरिएको नेकपा एमाले रोल्पाका संयोजक बालाराम बुढाले बताएका छन्। नयाँ उर्जा र उत्साहका साथ एमालेको जिल्ला कार्यालयमा नयाँ बोर्ड राखेको उनले बताए।

पार्टी कार्यालयमा नयाँ बोर्ड राखेपछि जिल्ला संयोजकमा बुढाले पदभार समेत ग्रहण गरेका छन्।

दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो। सर्वोच्चको आइतबारको फैसलापछि पुन: एमालेकै पार्टी कार्यालय बनाइएको हो।