दुई जना व्यक्ति जब प्रेममा हुन्छन्, त्यसबेला जति उनीहरु खुशी हुन्छन्, त्यसकै दोब्बर सम्बन्ध टुट्दामा दुखी हुन्छन्l जुन सबैलाई थाहा भएकै विषय हो। कुनै नौलो कुरा त होइन। तर जब कुनै व्यक्तिको भर्खरभखरै प्रेम सम्बन्ध छुटेको हुन्छ तब उनीहरूले त्यस्ता गल्ती गर्ने गर्छन्। जसले पछिसम्म पछुतो लाग्ने गर्दछ। त्यसैले जान्नुहोस्, सम्बन्ध छुटेका युवक युवतीले गर्ने गल्तीबारे।

कतिपय मानिस ब्रेकपछि आफ्नो मोबाइल अफ गर्ने, रिसले फोन नउठाउने, नम्बर फेर्ने जस्ता काम गर्दछन्। जुन मूर्खताको सङ्केत होl त्यसैले यदी तपाइको ब्रेकअप भएको छ भने पनि सामान्य रहनुहोस् र सबैसँग हाँसेर बोल्नुहोस्l

अक्सर ब्रेकअप भइसकेपछि पनि मानिस आफ्नो पूर्व प्रेमको पर्खाइमा हुन्छ र आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतबाट ब्लक गर्दैन्। जसले गर्दा तपाईले आफ्नो पूर्व प्रेमी अथवा प्रेमिकालाई भुल्न सक्नु हुन्न। त्यसैले ब्लक गर्नु नै उत्तम उपाय हो।

तपाईको ब्रेक अप भइसकेको छ त्यहि पनि तपाईले पूर्व प्रेमीले दिएको केही याद आउने समान राख्नु भएको छ भने त्यसलाई आफू भन्दा टाढा नै राख्नु नै राम्रो हुन्छ l किनकि त्यस्ता चिजले गर्दा पनि तपाईले आफ्नो पूर्व प्रेमलाई भुल्न सक्नु हुन्न।

ब्रेकअप भइसकेपछि सामाजिक सञ्जालमा सक्रिय रहदैन् l तर त्यसो गर्नु हुन्न तपाई जति बढी सामाजिक सञ्जालमा सक्रिय रहनुहुन्छl तपाईलाई उत्तिनै सजिलो हुन्छ आफ्नो पूर्व प्रेमलाई भुल्न l त्यसैले सामाजिक सञ्जालमा सक्रिय रहिरहनुहोस्।