४चैत्र, काठमाडौँ । बैतडीमा तीन दिनदेखि बेपत्ता रहेका  एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन्।

मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन्। विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।