६चैत्र, काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार शुक्रबार अपराह्न २.४१ बजे गएको थिय।

भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको छ।

भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन्।