८चैत्र, रोल्पा । रोल्पाको रेउघामा १२ अघिदेखि निर्माण थालनी गरिएको बसपार्क अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन् । ३६ लाख बजेट खर्चेर निर्माण गरिएको बसपार्क अहिले अलपत्र परेको हो ।

व्यवस्थित बसपार्क नहुँदा साघुँरो सडकमै यातायातका साधनहरु राख्ने गरिएको छ । सडकमै सवारी साधन पार्किङ गर्नुपर्दा समस्या भएको यातायात व्यवसायीको गुनासो छ ।

तत्कालिन जिल्ला विकास समिति रोल्पाले २०६५ सालमा ३६ लाख खर्चेर निर्माण गरेको रेउघा बसपार्क अहिलेपनि सञ्चालनमा आउन सकेको छैन् । सदरमुकाम लिबाङमा भन्दा पाँच किलोमिटर पश्चिम रेउघामा बसपार्क निर्माण गरिएको हो । तर, बसपार्क निर्माण भएको १२ भएपनि अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन् । उक्त ठाउँमा पछिल्लो समय यातायातका साधन सिक्ने, निर्माणका सामाग्रीहरु गिट्टी वालुवा, छड, ढुंगा राख्ने थलोको रुपमा परिणत भएको छ ।

सदरमुकाममा बसपार्क नहँुदा यातायातका साधनहरु राख्नको लागि सडक छेउछाउँमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायीका गुनासो छ । रोल्पा जलजला यातायात प्रा.लि.का कार्यालय प्रमुख धर्मेन्द्र कुँवरका अनुसार सो प्रा.लि.को आफ्नै बसपार्क भएपनि त्यहा सुरक्षाको कारणले गर्दा बसहरु राख्न नसकिएको बताए ।

सुरक्षा दिनको लागि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कर्यालयमा पटक–पटक आग्रह गरिए पनि उक्त काम सम्बन्धीत निकायले गरेको छैन् ।

स्थानीय प्रशासन, यातायात व्यवसायी र सरोकारवालाहरुको बेवास्ताका कारण बसपार्क अलपत्र बनेको जनप्रतिनिधिको गुनासो छ ।

स्थानीय प्रशासन र सरोकारवालाले चासो दिए छिट्टै रेउघामा बसपार्क सञ्चालन हुने जनप्रतिनिधिको भनाई छ । रोल्पा नगरपालिका वडा नम्वर २ वडा अध्यक्ष खिमबहादुर घर्तीले जिम्मेवार व्यक्तिले रेउघाको बसपार्क चाडै सञ्चालनमा आउने बताउँछन् । सरकारको लागानी भएको हुनाले पनि त्यहाको बसपार्क सञ्चालनको लागि सम्वन्धीत निकायसँग माग गरेका छन् । सम्वन्धीत निकायको गैर जिम्मेवारीका कारण पनि बसपार्क सञ्चालनमा ढिलाई भएको उनले बताए ।

जिल्लामा साना ठुला गरी ३ सयबढी सवारी साधन सञ्चालन हुँदै आएका छन् । नजिकमा राम्रो बसपार्क नहुँदा सडक छेउछाउँमा गाडी पार्किङ गर्दा समस्या हुने गरेको यातायात व्यवसायीले गुनासो गर्दै आएका छन् । रोल्पाका कुनै पनि ठाउँमा व्यवस्थित बसपार्क नभएका यातायात व्यवसायीको भनाई छ ।