आज साउन ११ गते आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज २०७७ साउन ११ गते आइतबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेषः व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ।

बृषः स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ। शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ। माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ।

मिथुनः बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् ।

कर्कटःमुद्दा मामिला तथा न्यायलयमा सहभागी भई बयान दिदा हारिने सम्भावना रहेको छ । बिद्यामा उत्साजनक प्रगती नहुदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला।

सिंह : पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ। साथिभाई तथा आफन्त सँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ।

कन्याः व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ भने नयाँ काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला। पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ।

तुलाः खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला। भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ।

बृश्चिकः प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ।

धनुः कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउँन सक्छन्,ध्यान दिनुहोला। तपार्ईँको राम्रा विचारलाई अरुले गलत तरिकाले व्याख्या गरी साख गिराउन खोज्नेछन्।

मकरः भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ।

कुम्भः मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ। आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

मीनः  व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस