१२ चैत्र, काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज ‍छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।