१२चैत्र,काठमाडाैँ ।  इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको पाएका छन्।

४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनले जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन्।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले नागरिकता हस्तान्तरण गरेका थिए।

तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । नागरिकता पाउँदा आफुँ खुशी भएको बताए। विएल नेपाली सेवा