१२ चैत्र,काठमाडौं। गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको गीतमा पत्रकार सबिता पोखरेलको शब्द, एचबी सुनारको संगीत र सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ र अञ्जु सुनार फिचर्ड छन् । कपिल कार्की निर्देशित भिडियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन छ ।

भिडियोमा सुनिलकुमार मगरको कोरियोग्राफी छ ।