१३चैत्र,काठमाडाैँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल समूहका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा नेपाल समूहका सांसदहरु समेत सहभागी हुने लागेका हुन्।

नेपाल समूहका सांसद सुरेन्द्र पाण्डेका अनुसार बैठकअघि नेपाल समूहका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको छ।

यसअघिको संसदीय दलको बैठकमा नेपाल समूह सहभागी भएका थिएनन् ।