१३ चैत्र, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज ‍छापावाला सुन बिहीबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले घटेर ८६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।