१३चैत्र,काठमाडाैँ ।  नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाल समूहका झलनाथ खनाल र सुरेन्द्र पाण्डेलगायतका नेता उपस्थित भएका छन् भने माधव नेपाल र भिम रावल उपस्थित भएनन्।

नेपाल समूहका केन्द्रीय सदस्यहरू र सांसदहरू बैठकमा उपस्थित भएका छन्।

बैठकमा संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजना पेश गर्न तरिका सिकाउने, पार्टीलाई एक ढिक्का बनाउने बिषयमा छलफल हुने बताइएको छ।