१४चैत्र, काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको छ। जसमध्ये १ हजार २ सय ८८ जना सक्रिय संक्रमित छन्।