१६ चैत्र, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिँदै पत्र पठाएपछि उनले ओलीलाई कारबाही गर्ने अधिकार नभएको बताएका हुन् ।

उनले अध्यक्ष ओलीलाई ‘गुटको मात्र अध्यक्ष’ भएको दावी गरेका छन् ।