१७ चैत्र, काठमाडौँ । भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

सोमबारको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो ।

सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३५३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ ।