२१ वैशाख, काठमाडौँ । कोरोना संक्रमणबाट कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुईजनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ ।

यस्तै महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । चार दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ती पुरुषको सोमबार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।