२९ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार १२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।