३०चैत्र, हरिद्धार। पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तराखण्ड सरकारले उच्च सम्मानका साथ भब्य स्वागत गरेको छ।

केदारनाथ पीढका पीठाधीसको निमन्त्रणा स्विकार गर्दै १२ वर्षपछि लाग्ने कुम्भमेलामा सहभागी हुन हरिद्धार पुगेका पूर्वराजालाई त्यहाँको सरकार तथा साधुसन्तहरूले राजाकै हैसियतले सम्मान गरे।

शाहको सुरक्षामा ४ वटा गाडी खटिएको छ। शनिबार नयाँ दिल्लीसँग जोडिएको गुडगाउँबाट उत्तराखण्डका लागि गाडीमा हिँड्ने क्रममा भारतको केन्द्रिय सरकारले पेट्रोलिङका लागि चार वटा गाडीसहित सुरक्षाकर्मी खटाएको थियो।

पूर्वराजालाई उत्तराखण्डका मुख्यमन्त्री तिर्थ सिंह रावतले स्वागत गर्ने बताइए पनि कोरोना संक्रमणका कारण उनी सहभागी हुन पाएनन्। पूर्वराजाले आइतबार हरिद्धारको चर्चित काली मन्दिरमा पुजाअर्चना गरेका थिए। यस अवसरमा केदारेश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्दले दोसल्ला ओढाएर स्वागत गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्रको सोमबार शाहीस्नान गर्ने कार्यक्रम रहेको छ। विएल नेपाली सेवा