काँग्रेस रोल्पाले भदौ २३ गते वडा अधिवेशन गर्ने

तस्विरः शेरबहादुर थापा

१६भदौ, रोल्पा । नेपाली काँग्रेस रोल्पाले भदौ २३ गते वडा अधिवेशन गर्ने नियर्ण गरेको छ ।

बुधबार काँग्रेस पार्टी कार्यालय लिबाङमा बसेको जिल्ला कार्य समिति रोल्पालको बैँठकले भदौ २३ गते जिल्ला भर वडा अधिवेशन गर्ने निर्यण गरेको नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

देशभर काँग्रेसको १४ औँ महाधिवेशनको तयारी चलिरहेको छ । भदौ १८ गतेदेखि काँग्रेसले विभिन्न जिल्लामा वडा अधिवेशन गर्दै छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस