रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

तस्विर: नवीन लोचनमगर

२जेठ, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढामगर ३३११ मत प्राप्त गरी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी एमाले, कांग्रेस र नेकपा (एकिकृत समाजवादी) गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार विश्व कुमार चन्दलाई १८२ मत अन्तरलेपछि पार्दै गाउँपालिका अध्यक्षमा बुढामगर निर्वाचित भएका हुन्। गठबन्धनका चन्द ३१२९ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै कलादेवी खत्रेनी विजयी भएकी छन् । उनले ३३८७ मत प्राप्त गरी विजयी भएकी छन् । भने एमालेकी सपना रोका (घर्ती) मगरले २३४८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस