५वैशाख, रोल्पा । थबाङमा नेपालकै ठूलो सौर्य मिनि ग्रीडको उद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं १ बिबाङमा निर्माण गरिएको सौर्य उर्जाको आज नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य तथा पूर्व उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन लगायतको उपस्थिती रहेको थियो ।

गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले गरेका थिए ।