८ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । उनीहरुमध्ये १० हजार ५८२ सक्रिय संक्रमित छन् ।

बुधबार थपिएका नयाँ संक्रमितमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।