तिमी देखाउँछौँ मेरो आँखाको नानी छैन
लाग्छ उज्यालो हुने अब कुनै विहानी छैन ।

माथिको हिम पहिरोले उसको ज्यान लियो
खडेरी भयो यहाँ पिउनलाई पानी छैन।

ए जिन्दगी यतिसम्म भिखारी किन भएको?
यो रित्तो निधारमा लगाउने खरानी छैन।

बहूत समय खेर फालेझै लाग्छ अहिले
जब सकिएर मेरो आफ्नै जवानी छैन ।

थाहा छ अप्ठेरोमा मजाले हात छोडेकी हौँ
सहयात्रीको हात छोडेर हिड्ने बानी छैन ।

याे पनि पढ्नुहाेस् :

सूचना प्रवाहः प्रविधिमैत्री कि भाइरलमुखी ?