१६वैशाख,रोल्पा । साझा प्रयास समूह रोल्पाले प्राथमिक स्वास्थ्य केन्द्र  सुलिचौरमा सरसफाई गरेको छ ।

‘परिर्वतनका लागि प्रयास’ साझा प्रयास समूहका अभियान्ताहरुले स्वास्थ्य केन्द्र सुलिचौरमा सरसफाई गरेका हुन ।

समाज परिवर्तनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने क्रममा सरसफाई कार्यक्रमको आयोजना गरिएको अभियान्ता आकाश गिरीले बताए ।

अभियान्ताहरुको प्रतिधित्व गर्दै भूपनारायण घर्तीमगर, बालकृष्ण सुवेदी, आकाश गिरी, मिलन रोकामगर, प्रेमबहादुर घर्ती, फत्तेप्रचण्ड घर्ती, सुरज घर्ती, जीवराज घर्ती, सार्जन थापा, शालिग्राम सुवेदी लगायतको सहभागितामा  सरसफाई गरेका हुन् ।

समूहले आगामि दिनहरुमा पनि सामाजिक कार्यहरु गर्ने अभियान्ताहरुले बताएका छन् ।