१८वैशाख, बाँके। बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष, नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिला, कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुष, नेपालगन्ज–१० का ५५ वर्षीया महिला, कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुष र दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।