१८वैशाख,रोल्पा । रोल्पाकी कोरोना संक्रमित महिलाको सल्यानमा मृत्यु भएको छ । रोल्पा जिल्ला गंगादेव गाउँपालिका–३ का ४८ वर्षीया महिलाको मृत्यु भएको हो।

थाइराइटको उपचार गराइरहेकी महिलाको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। महिलाले ४ दिनदेखि बागचौर नगरपालिकास्थित एक पोलिक्लिनिकमा उपचार गराइरहेकी थिइन्।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आजै सल्यान अस्पताल रिफर गरिएको थियो। तर उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।