१८ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५हजार७ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा कोरोना भाइरस संंक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।