१८वैशाख,राेल्पा । जबरजस्ती करणी गरेकाे अभियाेगमा राेल्पा एक किशाेर पक्राउ परेका छन् ।

राेल्पा नगरपालिका ९ चोयवाङका १७ वर्षीय किशाेरले १३ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकाे हाे ।

 करणीको अभियोगमा प्रहरीले शुक्रबार राति किशाेरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

पक्राउ परेका किशोरलाई प्रहरी थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाइएको छ।