१९वैशाख, दाङ। दाङको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितकाो मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको अस्पतालले जानकारी दिएको छ ।

तुलसीपुरका पुरुष शनिबारदेखि अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको संघन कक्षमा उपचाररत थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।