२२वैशाख,काठमाडाैँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बुधबार बिहान संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका छन्।

मंगलवार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।