अधिकांश जीवन मृत्यु शैयामा छट्पटिएको छ
थोरै अक्सिजनका निम्ति तड्पिएको छ
सासका लागि भौतारिएको जीवन
प्लास्टिकमा बेरिएर फर्किएको छ।

बाच्ने आशमा दौडिएको जीवन
मरण स्वीकारोक्तीमा लेप्चे लगाएको छ
छेउछाउका सिङ्ला जीवन लास बनीरहदा
थाहा छैन ऊ कुन हिम्मतले बाचेको छ।

तर पनि बधाई तिमीलाई
धेरै धेरै बधाई तिमीलाई

यि चित्कार पन्छाएर
निस्सासिएका मान्छे टेकेर
यि लासहरू छिचोलेर
निकाली हात
कुर्ची समाउन सफल बनेकोमा