५जेठ,काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सो अवधिभा थप २४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।