८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए ।

‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए ।