११जेठ, काठमाडौं । देशभर मंगलबार ८ हजार ६३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३८७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो भने र २४९ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ।

नेपालमा अहिले १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित छन्। नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। जसमध्ये ४ लाख ४ हजार ८८७ जना निको भएका छन् भने ६ हजार ७०० जनाको मृत्यु भएको छ।