१३जेठ, काठमाडौं । रोल्पा अस्पतालका लागि अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कोभिड १९ कारण गम्भीर विरामी परेका र बालबालिकाहरूको उपचारका लागि पिडियाट्रिक आइसीयू र आइसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ३ करोड रुपैयाँ सुनिश्चित गरेको हो। मन्त्रालयले तेस्रो चरणमा रोल्पा अस्पतालका बजेट विनियोजन गरेको छ ।

कोरोना महामारी तित्रव्र भएपनि रोल्पामा अहिलेसम्म आइसियू र भेन्टिलेटर छैन ।

अर्थ मन्त्रालयले यसअघि दुई चरणमा विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको थियो । जिल्लाबाट माग भए अनुसार बजेट विनियोजनमा ढिलो छिटो भएको बताएको छ ।

अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले भने,“सिधै अर्थ मन्त्रालयमा मागेर हुने होईन प्रक्रियागत अनुसार हुन्छ । जसले छिटो माग्यो ति अस्पतालाई छिटो रकम भएको हो र जसले ढिलो गर्‍यो उनीहरुका लागि ढिलो भएको हो ।”

कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले आज ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।