१३जेठ,सिन्धुपाल्चोक । जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ ।

कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ ।

जिल्लामा गत वैशाख २३ गतेदेखि जारी निषेधाज्ञा शुक्रबार १४ सम्मका लागि जारी गरिएको थियो ।