१५ जेठ, काठमाडौँ । ‘यास’ चक्रवातको असर कायमै रहँदा मुलुकका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ ।