१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन्।

विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ बजेट छ ।