१५ जेठ, काठमाडौँ । मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ ।

सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् ।

उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् ।

यससँगै मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।